चन्द्रबहादुर गुरुङ
(प्रधानाध्यापक )
आदरणीय अभिभावकज्युहरु, विधार्थी नानिबाबुहरु, सम्पूर्ण शिक्षाप्रेमी समाजसेवी सरोकारवाला एवं शुभचिन्तकज्युहरु,
सर्वप्रथम यस क्षेत्रमा शिक्षारुपी उज्यालो छर्ने पुण्य हेतुले यस श्री चतुर्मुखी माध्यमिक विधालय स्थापना गर्न महत्वपुर्ण योगदान गर्नुहुने स्व. खड्कबहादुर खड्का, स्व. हर्कबहादुर श्रेष्ठ, स्व. बालकृष्ण बस्नेत लगायत अन्य शिक्षाप्रेमी समाजसेवीहरु प्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौं । यस विधालयलाई आजको अवस्थासम्म ल्याउनको लागि
विभिन्न समयमा प्र.अ., शिक्षक, वि.व्य.स. पदाधिकारीको रुपमा रही काम गर्नुहुने महानुभावहरु
साथै विविध तरिकाले यस विधालयलाई सहयोग गर्नुहुने व्यक्तिहरु, विभिन्न संघसंस्थाहरुको
स्मरण गर्दै हार्दिक आभार व्यक्त गर्दछौं ।
प्रतिबद्द
र सहयोगी व्यवस्थापन, लगनशील र उत्तरदायी शिक्षक
कर्मचारीहरु, सहयोगी अभिभावकहरु, परिश्रमी र अनुशासित विधार्थीहरु, विधालयको स्वच्छ
शान्त र सुविधायुक्त भौतिक वातावरण आदिले गर्दा नै यो विधालय आजको स्थानमा उभिएको
कुरा जगजाहेर छ । सम्पूर्ण अभिभावक तथा विधार्थीहरुलाई हामी यो कुरा
आस्वस्थ पार्न चाहन्छौं कि तपाई र तपाइको बालबालिकाको भविष्य अनि सपना साकार
पार्नको लागि हामी चतुर्मुखी मा.वि. परिवार सदा तयार छौं ।
हाम्रा बालबालिकाहरुको बौद्धिक,
संवेगात्मक, शारिरिक, मानसिक एवं चारित्रिक विकासको लागि हामी सचेत र समर्पित छौं । यस विधालयमा अध्ययन गर्दा
बालबालिकाहरु परिवर्तनशील यस समाज र विश्वमा आइपर्न सक्ने सम्भावित चुनौतिहरुको
सहजरुपमा सामना र प्रतिष्पर्धा गर्न सक्ने नागरिकको रुपमा तयार हुने कुरामा हामी
विश्वस्थ छौं । नेपाल सरकारले घोषणा गरे अनुसारको
निशुल्क शिक्षा दिदै आएको यस विधालयले विपन्न, सिमान्तकृत, दलित, चेलीहरु, एकल महिलाको
सन्तान र अन्य पीडित बालबालिकाहरुको लागि समेत छात्रवृत्ति प्रदान गर्छौँ । साथै विविध क्रियाकलाप तथा कार्यक्रमको
माध्यमबाट विधार्थीहरुको चौतर्फी विकास गर्ने कार्यमा समेत अग्रसर छौं । अन्तमा यहाँहरु सबैको सहयोग र सकारात्मक
सुझावको अपेक्षा गर्दछौं । धन्यवाद ।
प्रधानाध्यापक
एवं
चतुर्मुखी परिवार
विधालयको संक्षिप्त पृष्ठभूमि
श्री चतुर्मुखी मा.वि. चितवन जिल्ला कालिका नगरपालिका वडा नं ९, शक्तिखोरमा अवस्थित कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विधालय हो । यस विधालयको स्थापना वि.स. २०१७ सालमा स्व. खड्क बहादुर खड्का, स्व. हर्क बहादुर श्रेष्ठ र स्व. बालकृष्ण
बस्नेत एवं तत्कालिन अन्य समाजसेवी शिक्षाप्रेमीहरुको पहलमा शक्तिखोरमा भएको थियो ।
सानो झुपडीबाट यस क्षेत्रमा शिक्षारुपी ज्योति छर्न सुरु गरेको यस विधालयले हालको
अवस्थासम्म आइपुग्न अनेकौं आरोह अवरोहहरुको सामना गर्नु पर्यो । महेन्द्र
राजमार्गको टाँडीबाट करिब १७ कि.मि. उत्तरपूर्वमा पर्ने यस विधालय शक्तिखोरको अति
रमणीय मिलन बजारमा रहेको छ । यसको आसपासका हरियाली वनजंगल, खोलानाला, झरना अनि पहाडहरुले
थप सौन्दर्यता थपेको आभास हुन्छ ।
यस विधालय २०१७ सालमा प्रथामिक तह,
२०३५ सालमा नि.मा.वि. तह, २०४५ सालमा मा.वि. तह संचालन भएको थियो । त्यसपछि २०६७
सालबाट कक्षा ११ र १२ सुरुवात भएको पाइन्छ । तत्कालिन समयका प्र.अ.हरु श्री मानबहादुर
खड्का, श्री पानबहादुर खड्का, श्री रत्नबहादुर मिश्र, श्री उद्धवप्रसाद आचार्य,
श्री पूर्णप्रसाद दवाडी, श्री गुरुप्रसाद सिग्देल, श्री भानुभक्त पौडेल, श्री
पूर्णबहादुर पुरी लगायत अन्य भू.पु.
प्र.अ., सहायक प्र.अ.हरु, शिक्षकहरु , वि.व्य.स. अध्यक्षहरु स्व. रुपबहादुर आले, स्व.
बलबहादुर श्रेष्ठ, श्री लिलाबहादुर श्रेष्ठ, श्री खुमनारायण श्रेष्ठ, श्री
जीवननारायण जोशी, अन्य समाजसेवीहरु श्री लेखबहादुर थापा, श्री वीरबहादुर थापा,
श्री रेशम श्रेष्ठ र अन्य विभिन्न महानुभावहरुको योगदान अतुलनीय रहेको छ । वि.स. २०५२ सालमा यस
विधालयले सतप्रतिशत विधार्थी उत्तीर्ण गराई चितवन जिल्लामै उत्क्रिष्ट नतिजा हाशिल
गरेको थियो भने इतिहासको लामो कालखण्डमा यस विधालयको नतिजा तथा शैक्षिक गतिबिधिहरु
स्मरणयोग्य नै रहेको पाइन्छ ।
OUR FACILITIES
Science Lab
School Nurse
Extra-curricular Activities
ICT Based Learning
Project & Task Based Learning
Scholarship Program For Target Group
Career Guidance Program for Grade 9 & 10
लक्ष्मी क्षेत्री
ReplyDelete